अब च्याटजीपीटी माइक्रोसफ्ट पावरपोइन्टमा पनि उपलब्ध हुने
अब ओपनएआईले च्याटजीपीटीलाई माइक्रोसफ्ट पावरपोइन्टमा पनि प्रयोग गर्न सकिने बनाएको छ। कम्पनीले घोषणा गरेअनुसार अब च्याटजीपीटीले नयाँ प्रस्तुति स्लाइड तयार गर्नका साथै पहिलेका स्लाइड सम्पादन र अद्यावधिक गर्न पनि सक्छ। […]
शाओमी १७ म्याक्स सार्वजनिक, यस्ता छन् विशेषता
शाओमी १७ सिरिजमा म्याक्स उपनाम भएको चौथो नयाँ सदस्य प्रस्तुत गरिएको छ। शाओमी १७ म्याक्सले शाओमी १७ प्रो म्याक्समा रहेको पछाडिको स्क्रिनलाई हटाएर उच्च रिजोल्युसनको २०० मेगापिक्सेलको मुख्य क्यामरा र […]
याङ्गो राइडले यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरु गर्दै
विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइड्सले नयाँ “कम्पलिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ। अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै […]
सरकारसँग सहकार्य गरेर काम गर्न चाहन्छौँ : गगन थापा
सुनसरी, ८ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग सहकार्य गर्दै नागरिकका मुद्दामा काम गर्न पार्टी इच्छुक रहेको बताएका छन्। कोशी प्रदेशस्तरीय जरा अभियान कार्यक्रममा बोल्दै उनले जनजीविकासँग सम्बन्धित विषयमा सरकारसँग संवाद र सहकार्य आवश्यक रहेको बताए। संविधान संशोधनको बहसप्रति असन्तुष्टि व्यक्त गर्दै उनले संशोधन प्रक्रिया परिपक्व ढङ्गले अघि बढाउन सुझाव दिए। कार्यक्रममा […]
इसेवा मार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ। इसेवाको यो योजना २०८३ जेठ […]
बैंकहरूले ओभरटाइमको थप पारिश्रमिक दिनुपर्ने, कर्मचारीलाई बाध्य पार्न नपाइने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकका सम्बन्धमा नयाँ निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै अबदेखि कार्यालय समयभन्दा बढी काम लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिनुपर्ने व्यवस्था गरेको हो । श्रम ऐनमा उक्त व्यवस्था भए पनि राष्ट्र बैंकले बैंकहरूलाई जारी गरेको निर्देशनमा उक्त व्यवस्था थिएन । सोही […]
‘गफले होइन, श्रमले बन्छ मुलुक’ : हर्क साम्पाङ
उर्लाबारी। हर्क साम्पाङले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृति का रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे। मोरङको उर्लाबारीमा शुक्रबार आयोजित स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा श्रमदातासँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले नेपालमा श्रमप्रतिको सम्मान कमजोर हुँदा […]
दर्ताबिनै चलिरहेका राइड सेयरिङ एपमाथि निगरानी गर्दै सरकार !
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दर्ता बिना चलिरहेका राइड सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् । उनले राइड सेयरिङ एपलाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता बिनै सञ्चालन भइरहेको एपहरुमाथि सरकारले निगरानी गरिरहेको बताएका छन् । सबै प्रकारका सवारी
देशभर क्यान्सर औषधि अभाव, अस्पतालमा किमोथेरापी प्रभावित
८ जेठ २०८३ । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ हाहाकार भएपछि बिरामीको बिचल्ली भएको चिकित्सकले बताएका छन् । वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.सन्धा चापागाईंले क्यान्सर बिरामीको जीवनरक्षक औषधि अभाव हुँदा देशभरका बिरामीको जीवन संकटमा परेको...
अमेरिकामाथि नेपालको सानदार जित
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले अमेरिकामाथि सानदार जित दर्ता गर्दै उत्कृष्ट पुनरागमनलाई निरन्तरता दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो। यो जितसँगै नेपालले जारी सिरिजमा लगातार राम्रो प्रदर्शन गर्दै अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ। ३१९ रनको विशाल लक्ष्य पछ्याएको […]
विराटनगरको एभरेष्ट स्कुलमा नमूना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
विराटनगर / विद्यार्थीको क्षमता र नेतृत्व विकासकासाथै भु–राजनीतिका बहुआयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा आजदेखि ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ । रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर –५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा समारोहको आयोजना गरेको हो । २२ देखि २४ मे सम्म एभरेष्ट कलेजमा चल्ने सम्मलेनमा…
न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न
अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । न्युर्योक सिटीको म्यानहटन क्षेत्रमा आयोजित उक्त कार्यक्रममा हजारौं नेपालीहरूको सहभागिता रहेको थियो । महावाणिज्यदूतावासका प्रमुख संरक्षकत्व तथा एनआरएनए न्युर्योक च्याप्टर, फिप्प्ना लगायत विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व एनआरएनए न्यूयोर्क च्याप्टरका […]
अब कोसी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने विश्वप्रकाशको दाबी
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोसी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने दाबी गरेका छन् । उनले नेकपा एमाले सँगको सहमतिमै सरकारको नेतृत्व परिवर्तन हुने स्पष्ट संकेत दिएका हुन् । शुक्रबार सुनसरीको लौकहीमा नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले कोसी प्रदेशमा सत्ता समीकरण परिवर्तनको तयारी […]
आइक्यान एकाउन्टेक्स लण्डन २०२६ मा सहभागी, नेपाललाई ग्लोबल अकाउन्टिङ आउटसोर्सिङ हब बनाउने पहल
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले पहिलोपटक लण्डनमा आयोजित “एकाउन्टेक्स लण्डन २०२६” तथा “एफडी शो २०२६” मा संस्थागत प्रदर्शनीमार्फत सहभागिता जनाएको छ। मे १३ र १४ मा आयोजित उक्त कार्यक्रममा आइक्यानले आफ्नै स्टल राखेर नेपाललाई लेखा तथा वित्तीय सेवा आउटसोर्सिङका लागि सक्षम गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरेको थियो। यो प्रदर्शनी विश्वकै सबैभन्दा ठूलो
स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना बजेटबाटै गर्छौंः अर्थमन्त्री वाग्ले

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त
नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त भएका छन्। कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछानेलाई कम्पनीको प्रवक्ता तोकिएको जनाएको छ। यसअघि उक्त जिम्मेवारीमा रविन्द्र मानन्धर कार्यरत […]
भद्रपुरका शिक्षकलाई ३० दिने कम्प्युटर तथा डिजिटल सामग्री निर्माण तालिम
भद्रपुर, ८ जेठ । भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका लागि ३० दिने आधारभूत कम्प्युटर तालिम तथा डिजिटल शैक्षिक सामग्री निर्माण तालिम सुरु गरिएको छ । भद्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका सबै शिक्षकलाई अनिवार्य कम्प्युटर तालिमको अवसर प्रदान गर्ने उद्देश्यसहित ११० जना शिक्षकलाई तालिममा सहभागी [...]
प्रथम कर्णाली पर्यटन महोत्सव सुरु
सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा शुक्रबारदेखि पहिलो पटक पर्यटन महोत्सव सुरु भएको हो । तीन दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिने छ । कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर–सेलर, सञ्चारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेसनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता छ । साथै, सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटनकर्मी तथा यससँग सम्बद्ध व्यक्ति तथा संस्थाहरूको सहभागिता छ ।
अवैध रुपमा ‘डाक्टर’ लेख्नेहरुलाई ३ वर्षसम्म कैद सजाय
अब अवैध रुपमा आफ्नो नामको अगाडि चिकित्सक (डाक्टर) लेख्नेहरुलाई ३ वर्षसम्म कैद सजाय हुने भएको छ। नेपाल मेडिकल काउन्सिलले एउटा सूचना जारी गर्दै गैरकानुनी ढंगले डाक्टर लेख्नेहरुलाई कारबाही हुने सम्बन्धमा जानकारी गराएको हो। सूचनाअनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य जुनसुकै विधा वा परिषदमा दर्ता भएका वा नभएका व्यक्तिहरुको नामको अगाडि मात्र […]
गुगलले एआई युगको लागि सर्च बार रिइन्भेण्ट गर्यो
गुगलले बुधबार आफ्नो आई/ओ सम्मेलनमा २५ वर्षभन्दा बढी समय पछि सर्च बक्समा सबैभन्दा ठूलो अपग्रेडको घोषणा गरेको छ। उक्त अपग्रेडको साथ यो अब एआई–संचालित हुने भएको छ। आफ्नो डेब्यूको एक […]
चार दिन लगातार सार्वजनिक बिदा
जेठ १४ गतेदेखि १७ गतेसम्म चार दिन लगातार सार्वजनिक बिदा परेको छ। सरकारले जेठ १४ गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चार दिन लगातार बिदा हुने भएको हो। जेठ १५ गते गणतन्त्र दिवसको बिदा परेको छ भने १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा रहेको छ। उक्त बिदामा सरकारी कार्यालय, शैक्षिक संघसंस्था, बैंक तथा वित्तीय संस्थाका साथसाथै शेयर बजार समेत बन्द रहनेछ।
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै

धनकुटामा प्रभावकारी बन्दै शिरोधारा उपचार पद्धति
धनकुटा । धनकुटा स्थित सल्लेरीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । केन्द्रले नयाँ उपचार विधि विस्तार गरेपछि आयुर्वेद केन्द्रमा सेवाग्राहीको आकर्षण बढ्न थालेसँगै शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको हो । आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा लोकप्रिय सुख चिकित्सात्मक उपचार पद्धति मानिन्छ । शिरोधारा अन्तरगत निधार वा...
जेठ १४ गते देशभर सार्वजनिक बिदा
सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा) को अवसरमा सार्वजनिक बिदा निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका हुन्। बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते बिदा ईद परेको जानकारी गराएसँगै बिदा दिइएको हो। बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।
आर्थिक अनियमितताको आरोपमा रास्वपा बारा सभापति स्वर्णकार पार्टीबाटै निकालिए
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ। केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले उनलाई पत्र पठाउँदै सदस्यता खारेज भएको जानकारी दिएका हुन्। अनुशासन आयोगमा बारा जिल्लाबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध आर्थिक अनियमितता, पार्टी संगठन प्रभावकारी रूपमा सञ्चालन नगरेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको […]