hello

प्रथम कर्णाली पर्यटन महोत्सव सुरु

May 2026

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा शुक्रबारदेखि पहिलो पटक पर्यटन महोत्सव सुरु भएको हो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिने छ । कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर–सेलर, सञ्चारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेसनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता छ । साथै, सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटनकर्मी तथा यससँग सम्बद्ध व्यक्ति तथा संस्थाहरूको सहभागिता छ ।

hello