Welcome to The Blog

Updating with time

Get Started

आईपीएलको प्लेअफ समीकरण टुंगियो, यस्तो हुनेछ फाइनल पुग्ने बाटो

इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफको समीकरण पूरा भएको छ। लिग चरणका खेलहरु सकिएसँगै क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुंगो लागेको हो। यसपाला रोयल च्यालेन्जर्स बेङ्ग्लुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थानले प्लेअफमा स्थान बनाए। त्यसपछिका पञ्जाव किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, चेन्नइ सुपर किंग्स, मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट बाहिरिएका छन्। अब, मंगलबार […]

पाँचौं पेज थ्री पिपल्स च्वाइस अवार्डको मनोनयन घोषणा

(नेपालभाषा टाइम्स): नेपालभाषाको मनोरञ्जन पत्रिका पेज थ्री साप्ताहिकले आयोजना गरेको पाँचौं पेज थ्री पिपल्स च्वाइस अवार्डको मनोनयन घोषणा कार्यक्रम सम्पन्न भएको छ। कमलपोखरीस्थित सिटी सेन्टर फुड कोर्टमा ने.सं. ११४६ अनलाथ्व सप्तमी (२०८३ जेठ ९) गते आयोजित एक विशेष कार्यक्रमकाबीच विभिन्न विधाका मनोनयन सार्वजनिक गरियो। कार्यक्रममा पेज थ्री साप्ताहिकका सम्पादक तथा अवार्डका निर्देशक दर्शनवीर शाक्यले...

बल्खुमा एमालेले केन्द्रीय कार्यालय भवन बनाउने

नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुस्थित पार्टीकै स्वामित्वमा रहेको जग्गामा निर्माण गर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले भवन निर्माण सम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा स्वीकृत गरिएको जानकारी दिएका हुन्। उनका अनुसार २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको पार्टी कार्यालय विभिन्न स्थानमा स्थानान्तरण हुँदै आएको अवस्थामा मदननगरस्थित […]

लायन्स क्लब बिर्तामोडको अध्यक्षमा बजगाईं

बिर्तामोड, जेठ १० । लायन्स क्लब अफ बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी कृष्णप्रसाद बजगाईं चयन भएका छन् । वार्षिक साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२६–२०२७ को लागि बजगाईं अध्यक्षमा चयन भएका हुन् । बिर्तामोडमा उनी एक दशकदेखि […]

एमाले पुनर्गठनको पक्षमा शेरधन राई, कार्यदल गठनको प्रस्ताव

१० जेठ २०८३ । नेकपा (एमाले) का सचिव शेरधन राई पनि पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् । आइतबारको सचिवालय बैठकमा राईले पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि सुझाव पेश गर्न कार्यदल गठनको प्रस्ताव राखेका हुन् । “निर्वाचनमा नराम्ररी धक्का खाएपछि पार्टी पंक्तिमा देखा परेको निरासा, अन्योलको अवस्थामा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन, पार्टीको आन्तरिक...

काभा महिला भलिबल च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा

काठमाडौँ। नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो । समूह ‘ए’ को नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो । भारतसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले […]

पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ पुस्तक सार्वजनिक

पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ पुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लब मा आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो। देशको अन्तरिम शासन सञ्चालनको जटिल र चुनौतीपूर्ण समयको अनुभव बोकेकी कार्कीले सिर्जना गरेको यो पुस्तक प्रेम, आशा र सकारात्मक सोचको भावनाले भरिएको बताइएको […]

पत्रकार दुलाल सम्मानित

सिन्धुपाल्चोक – न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले साधारणसभाकाे अवसर पारेर पत्रकार दुलाललाई सम्मानसहित पुरस्कृत गरेकाे हाे । दुलालले यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए । संसदीय मामला र अदालत रिपोर्टिङ राख्ने पत्रकार दुलालले काराेबार दैनिक, बाह्रखरी […]

रास्वपाले सार्वजनिक गर्‍याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

आयोगले जेठ ६ गते बसेको बैठकको निर्णयअनुसार विभिन्न संगठनात्मक तथा निर्वाचनसम्बन्धी गतिविधिहरू समयबद्ध रूपमा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको हो। सो कार्यतालिका प्रदेश तथा जिल्ला तहका संरचनालाई लक्षित गरी तयार गरिएको छ।

शिक्षामन्त्रीद्वारा विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनका लागि नयाँ नियमावली ल्याउने तयारी

१० जेठ २०८३ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागिएको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकाले नियमनका निम्ति नियमावली ल्याउन लागिएको जानकारी दिएका हुन् । उनका अनुसार, शिक्षाले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन...

पार्टी एकताको दबाब दिँदै सानेपामा नेविसंघको धर्ना

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर प्लेकार्ड टाँसेर ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’, ‘युवालाई कउबअभ देऊ, पार्टीलाई उबअभ देऊ’ लगायतका नारामार्फत नेतृत्वको ध्यानाकर्षण गराएका थिए । धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै सुरु हुनुपर्ने बताएका छन् । उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए ।नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन् ।

स्मार्ट जीवनका नयाँ साथीः साओमी ट्याग र रेड्मी हेडफोन नियो

अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआई मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (एआईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन्स नियो सार्वजनिक गरेको छ । यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सरल र सहज बनाउन डिजाइन गरिएका हुन् । साओमी ट्याग: केवल १० ग्राम तौल भएको साओमी ट्याग चाबी, पर्स, झोला तथा सुटकेसजस्ता […]

ड्राइभिङ अनुभव सुरक्षित बनाउन गुगलको उन्नत लेन ट्र्याकिङ प्रविधि घोषणा

टेक कम्पनी Google ले आफ्नो म्याप्स सेवा थप उन्नत बनाउँदै चालकका लागि ‘लाइभ लेन गाइडेन्स’ नामक नयाँ सुविधा सार्वजनिक गर्ने घोषणा गरेको छ । यो फिचरले गाडी चलाउने क्रममा लेन चयनलाई अझ सुरक्षित र सहज बनाउने लक्ष्य राखेको छ । यसअघि Google Maps ले सडकमा कति लेन छन् र कुन लेन प्रयोग गर्ने […]

विराटनगरको किड्स भिलेज स्कुलद्वारा अभिभावकहरूलाई अभिमुखीकरण

विराटनगर । विराटनगरको किड्स भिलेज स्कुलले अभिभावकहरूका लागि एकदिने विशेष अभिमुखीकरण कार्यक्रम गरेको छ । बालबालिकाको चौतर्फी विकास, उनीहरूको मनोविज्ञान र आधुनिक शिक्षण पद्धतिमा अभिभावकको भूमिकाबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक यम घिमिरेले सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा घिमिरेले बदलिँदो परिवेशमा बालबालिकालाई कसरी बुझ्ने, उनीहरूको प्रतिभालाई कसरी...

यती एयरलाइन्सको चार्टर फ्लाइटबाट नेपाल आइपुगे जगदगुरु शंकाराचार्य

ऐतिहासिक धामिृक विजय यात्रामा सहभागी हुन जगदगुरु शंकाराचार्य श्री विधुशेखर भारती सन्निधानम नेपाल आइपुगेका छन्। उनी शनिबार यती एयरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आइपुगेका हुन्। जगदगुरु शंकाराचाई नेपाल ल्याउन शुक्रबारै यती एयरलाइन्सको जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न […]

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ । टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक पशु–चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले नौदिने तालिम आयोजना गरेको हो । तालिममा ५० जना स्थानीय महिला सहभागी छन् । तालिम शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनाका साथै महिलालाई घरमै […]

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको

स्थानीय तहमा कम्तीमा एक बैंकिङ शाखा अपांगतामैत्री हुनुपर्ने

भक्तपुर । बैंक तथा वित्तीय संस्थाहरुले हरेक स्थानीय तहमा कम्तीमा एक शाखा अपांगतामैत्री बनाउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन संशोधन एवं परिमार्जन गरी अपांगतामैत्री सेवा दिन भनेको हो। त्यस्तै बैंक तथा वित्तले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थान ब्रेल साइन कन्ट्रोल बटन…

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट […]

धनगढीमा नेपाली कांग्रेस देउवा पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला

कैलाली : नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु हुँदै छ। यो भेला देउवा पक्षले आयोजना गरेको हो। नेपाली का‌ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा बृहत्तर एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला आयोजना गरिएको बताइएको छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादको मुख्य नाराका साथ आयोजना हुन लागेको यो भेलाले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने र सङ्गठनलाई नयाँ ऊर्जा प्रदान गर्ने लक्ष्य राखेको छ। यस भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायरलगायत सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता हुन लागेको छ। कार्यक्रम केही बेरमा सुरु हुनेछ।  भेला बिहान ९ बजे सुरु हुने भनिएको थियो। तर अहिलेसम्म सुरु भएको छैन।

फोर्टनाइट गेम लगभग पाँच वर्ष पछि एप्पल एप स्टोरमा

चर्चित गेम फोर्टनाइट लगभग पाँच वर्ष पछि एप्पलको एप स्टोरमा फर्किएको छ। एपिक गेम्स र एप्पल बीच लामो समयदेखि चलिरहेको कानुनी लडाईंको बीचमा यसलाई एक प्रमुख विकास मानिएको छ। एपिक […]

सरकारी कर्मचारीको तलब बढाउन सिफारिस, सरकार तयार भए यसपाली तलब झण्डै दोब्बरले बढ्ने !

सरकारी कर्मचारीहरुको तलब बढाउन सिफारिस गरिएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको ‘तलब भत्ता पुनरावलोकन समिति’ले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब बढाउन सरकारलाई सिफारिस गरेको हो ।  समितिले हाल मुलुकमा देखा परेको महँगी र मौजुदा ऐनमा गरिएको व्यवस्थालाई टेकेर सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न पनि सरकारलाई सुझाव दिएको

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको […]

ट्रम्पको निवास ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृत्यु

अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । शनिबार साँझ सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएको छ भने एक सर्वसाधारण गम्भीर घाइते भएका छन्। एक व्यक्ति ह्वाइट हाउस परिसर बाहिरको सुरक्षा चेकपोइन्टमा पुगेर अचानक सुरक्षाकर्मीहरूमाथि अन्धाधुन्ध गोली चलाउन थालेको अमेरिकी गुप्तचर निकाय ‘सीक्रेट सर्भिस’ले जनाएको […]

दोस्रो प्रयासमा स्पेसएक्सको नयाँ स्टारशिप परीक्षण उडान प्रक्षेपण सफल

एक दिन अघि प्राविधिक समस्याका कारण पहिलो प्रयास असफल भएपछि स्पेसएक्सले शुक्रबार आफ्नो विशाल स्टारशिप रकेट प्रक्षेपण गर्न सफल भएको छ। ९० मिनेटको प्रक्षेपण विन्डो साँझ ६:३० बजे पूर्वी समयमा […]