स्थानीय तहमा कम्तीमा एक बैंकिङ शाखा अपांगतामैत्री हुनुपर्ने
May 2026
भक्तपुर । बैंक तथा वित्तीय संस्थाहरुले हरेक स्थानीय तहमा कम्तीमा एक शाखा अपांगतामैत्री बनाउनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन संशोधन एवं परिमार्जन गरी अपांगतामैत्री सेवा दिन भनेको हो।
त्यस्तै बैंक तथा वित्तले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थान ब्रेल साइन कन्ट्रोल बटन र अडिओ सपोर्टसहितको कम्तीमा एक अपांगमैत्री एटीएम राख्नुपर्ने पनि निर्देशनमा उल्लेख छ। यस प्रकारको एटीएमको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी अपाङ्गगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई अतिरिक्त काममा लगाउन नपाउने व्यवस्था भएको छ । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित कानुन तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन दिइएको छ । बैंक तथा वित्तहरुले आफ्ना कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउादा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने भएको छ। राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न उनीहरुलाई भनेको हो।