hello

पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ पुस्तक सार्वजनिक

May 2026

पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ पुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरिएको छ।

शनिबार काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लब मा आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो।

देशको अन्तरिम शासन सञ्चालनको जटिल र चुनौतीपूर्ण समयको अनुभव बोकेकी कार्कीले सिर्जना गरेको यो पुस्तक प्रेम, आशा र सकारात्मक सोचको भावनाले भरिएको बताइएको छ।

आफ्ना नातिलाई समर्पित गरिएको पुस्तकमार्फत नयाँ पुस्तालाई प्रेरणा र संवेदनशीलताको सन्देश दिन खोजिएको कार्कीले बताएकी छन्।

hello