hello

धनगढीमा नेपाली कांग्रेस देउवा पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला

May 2026

कैलाली : नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु हुँदै छ। यो भेला देउवा पक्षले आयोजना गरेको हो। नेपाली का‌ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा बृहत्तर एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला आयोजना गरिएको बताइएको छ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको मुख्य नाराका साथ आयोजना हुन लागेको यो भेलाले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने र सङ्गठनलाई नयाँ ऊर्जा प्रदान गर्ने लक्ष्य राखेको छ। यस भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायरलगायत सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता हुन लागेको छ।

कार्यक्रम केही बेरमा सुरु हुनेछ।  भेला बिहान ९ बजे सुरु हुने भनिएको थियो। तर अहिलेसम्म सुरु भएको छैन।

hello