hello

आईपीएलको प्लेअफ समीकरण टुंगियो, यस्तो हुनेछ फाइनल पुग्ने बाटो

May 2026

इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफको समीकरण पूरा भएको छ। लिग चरणका खेलहरु सकिएसँगै क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुंगो लागेको हो।

यसपाला रोयल च्यालेन्जर्स बेङ्ग्लुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थानले प्लेअफमा स्थान बनाए। त्यसपछिका पञ्जाव किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, चेन्नइ सुपर किंग्स, मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट बाहिरिएका छन्।

अब, मंगलबार पहिलो क्वालिफायरको खेलमा शीर्ष दुईमा रहेका बेङ्ग्लुरु र गुजरात भिड्नेछन्। यी मध्ये विजेता टोलीले फाइनल खेल्ने पक्का हुनेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। त्यस्तै, बुधबार इलिमिनेटरको खेल हुनेछ। यसमा हैदराबाद र राजस्थान भिड्नेछन्। यसमा विजेता टोली दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली भिड्नेछन्।

शुक्रबार दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटरको विजेता टोली भिड्नेछन्। यसमा पराजित हुने टोली बाहिरिनेछ भने विजेता टोलीले पहिलो क्वालिफायरको विजेता टोलीसँग फाइनल खेल खेल्नेछ। फाइनल खेल आइतबार हुनेछ।

hello