Welcome to The Blog

Updating with time

Get Started

विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ (२०२३–२०२७) को शृङ्खला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। शुक्रबारको खेलमा अमेरिकालाई हराउँदै नेपाल घरेलु मैदानमा जारी शृङ्खलालाई सुखद् बनाउन चाहन्छ । अघिल्लो खेलमा नमिठो हारको सामना गरेको अमेरिका भने […]

‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’ 

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री  निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ  । स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोससँगको भेट अत्यन्त […]

सरकारले गर्‍यो देशभर नयाँ सार्वजनिक सवारीको दर्ता रोक्का

यातायात व्यवस्था विभागले देशभर नयाँ सार्वजनिक सवारी साधनहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । विभागले सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरू र देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्न निर्देशन दिएको हो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेको, वायु प्रदूषण अत्यधिक बढेको, सवारीको […]

आजदेखि काभा महिला भलिबल, उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं – आजदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालले बलियो प्रतिस्पर्धी भारतसँग खेल्दैछ । उक्त खेलमा जित हात पार्नु नेपालको एकमात्र लक्ष्य हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान सहभागी हुँदैछन् । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता […]

गुजरातले पहिलो क्वालिफायर खेल्ने पक्का हुँदा चेन्नइ बन्यो बाहिरिने तेस्रो टोली

गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। गएराति अहमदाबादमा सम्पन्न खेलमा खेलमा चेन्नइलाई ८९ रनले हराउँदै गुजरातले शीर्षदुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो। यो गुजरातले आईपीएलमा निकालेको सबैभन्दा फराकिलो जित पनि हो। नरेन्द्र मोदी स्टडियममा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रन बनायो। यसक्रममा साइ सुदर्शनले सर्वाधिक […]

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’

कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन सार्वजनिक गरिएको छ। गत वैशाख २७ गते कानुन दिवसको अवसरमा घोषणा भएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै […]

पूर्वी नेपालको मुख्य प्रवेशद्वारमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’

झापा : पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’ को निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टाको पहल, कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गालस्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो। उपभोक्ता समितिमार्फत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको घण्टाघरको नाम ‘रोटरी […]

प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्यमा पदमा विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर […]

माङ्सेबुङमा अब ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

इलाम। इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ । माङ्सेबुङ गाउँपालिकाले आज एक पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईले गत वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार लिम्बू भाषा कार्यान्वयन गर्न लागिएको बताउनुभयो । उक्त […]

कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञहरूलाई मनोनयन गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम रिक्त सदस्य पदहरूमा मनोनयन गरेका हुन्। पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा नयाँ सदस्यहरू थपिएका हुन्। मनोनयन हुने सदस्यहरूमा धनुषाका […]

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न […]

उद्योगमैत्री नीति माग, इन्भर्टेड ट्याक्स प्रणाली हटाउन आग्रह

प्रतिनिधिसभाको अर्थ समितिमा आगामी बजेटबारे भएको छलफलमा विज्ञहरूले अर्थतन्त्रमा चलायमानता ल्याउन कर संरचनामा सुधार आवश्यक रहेको बताएका छन्। छलफलका क्रममा उनीहरूले मूल्य अभिवृद्धि कर (भ्याट) हालको १३ प्रतिशतबाट घटाउनुपर्ने, व्यक्तिगत आयकर छुटको सीमा विस्तार गर्नुपर्ने तथा कर र ऋण व्यवस्थापनमा संरचनागत परिवर्तन गर्नुपर्ने सुझाव दिएका हुन्। करविद् रूप खड्काले बजारमा माग घट्दै गएको […]

ललितपुरमा भवन सूचना मोडलिङ तालिम

‘भवन सूचना मोडलिङ’ (बिआइएम) सम्बन्धी चारदिने आधारभूत तालिम ललितपुरमा आजदेखि सुरु भएको छ। स्ट्रक्चरल इञ्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा सो तालिम सुरु भएको हो। तालिमको […]

नेप्सेका पूर्व सिइओ शंकरमान सिंहको निधन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व सिइओ शंकरमान सिंहको निधन भएको छ । सिंहको आकस्मिक हृदयघातका कारण निधन भएको हो ।  सिंहले वि.सं. २०६४ सालदेखि २०६८ सालसम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हालेका थिए ।  नेप्सेमा सिइओको कार्यकाल सकिएपछि उनी २०७० असारमा विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं – नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड क्याप्टेन सितल गिरीले नेपालका सबै ७७ जिल्लाको ऐतिहासिक एकल मोटरसाइकल यात्रा सुरु गरेकी छन्। “नेपाल ७७ – द सोलो राइड अफ अ नेपाली वुमन” नामक अभियानअन्तर्गत उनी हाल ओखलढुंगा पुगेकी छन्। ५० देखि ५५ दिनभित्र बिना विश्राम सम्पूर्ण नेपाल भ्रमण गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियान […]

मीनबहादुर गुरूङले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने

भक्तपुर । एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  आफ्नो तर्फबाट अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ । गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१…

एलन मस्कको ‘स्पेस एक्स’ले आइपिओ जारी गर्ने, विश्वकै पहिलो खर्बपति बन्ने लाइनमा मस्क !

एलन मस्कको रकेट तथा भू-उपग्रह कम्पनी ‘स्पेस एक्स’ले लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ । सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको हो

एमालेमा अध्यक्ष ओलीको प्रस्तावित जिम्मेवारी, कसलाई कुन ?

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्य विभाजन सहित नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव गरेका छन् । एमाले नेताका अनुसार आफूले समग्र पार्टीको नेतृत्व गर्ने तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशासन र सेवा प्रवाहसम्बन्धी जिम्मेवारी प्रस्ताव गरेका छन् । अर्का नेता विष्णु पौडेललाई विभागहरूको संयोजन, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण…

धनकुटामा जेठ १० गतेदेखि भीमनारायण गोल्डकप हुने

धनकुटा । धनकुटामा यही जेठ १० गतेदेखि १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप  फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर जेठ १० देखी १६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो । प्रतियोगिताको विजेता टिमले ६ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् । गत...

निजी लगानी आकर्षित गर्ने गरी बजेट आउँछ: अर्थसचिव

अर्थसचिव घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी लगानी आकर्षित गर्ने गरी ल्याइने बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले सरकारको एकल खर्चबाट मात्रै उत्पादनशीलता वृद्धि सम्भव नहुने भन्दै निजी क्षेत्रको लगानीका लागि ‘उत्प्रेरक’को भूमिका खेल्ने गरी बजेट केन्द्रित हुने जानकारी दिए । उनका अनुसार सरकारको प्रत्येक एकाइ खर्चले निजी […]

नेपालमा “खरानी पार्टी” घोषणा

काठमाडौं – नेपालमा युवामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रति आक्रोश र meme culture को प्रभावबीच “खरानी पार्टी नेपाल” नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सार्वजनिक गरिएको छ। “खरानीबाट, जनताका लागि” भन्ने नारासहित सार्वजनिक गरिएको यो अभियानले सामाजिक सञ्जालमा छोटो समयमै व्यापक चर्चा पाएको छ। पार्टीले आफूलाई परम्परागत राजनीतिक दल नभई “व्यवस्थाप्रतिको चेतावनी र युवाको व्यङ्ग्यात्मक प्रतिरोध” का रूपमा […]

भारतमा ‘ककरोच जनता पार्टी’को उदय, कराेडाैं युवाको अनलाइन आन्दोलन

एजेन्सी-  भारतको सामाजिक सञ्जालमा व्यंग्यात्मक राजनीतिक आन्दोलन तीव्र गतिमा फैलिँदै गएको छ, जसले लाखौं युवालाई एकै ठाउँमा जोडेको छ । ‘ककरोच जनता पार्टी (सीजेपी)’ नाम दिइएको यो अनलाइन अभियान छोटो समयमै व्यापक चर्चामा आएको छ । हालै मात्र सुरु भएको यो पार्टीले इन्स्टाग्राममा भारतीय जनता पार्टी (बीजेपी)को आधिकारिक अकाउन्टलाई फलोअर्स संख्यामा समेत उछिनिसकेको बताइएको छ […]

सगरमाथा आरोहणमा नयाँ रेकर्डः एकैदिन २७० आरोही चुचुरोमा

भक्तपुर । नेपाली पर्वतीय पर्यटनको इतिहाँसमा पहिलो पटक बुधबार २७० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । एकैदिन यति धेरै आरोही सगरमाथाको चुचुरोमा पुगेको इतिहाँसकै पहिलो पटक हो । सगरमाथा आरोहणमा यो वर्ष नयाँ रेकर्ड बन्ने भएको छ । बैशाख ३० मा आरोहण खुलेको सगरमाथामा हालसम्म ५ सय बढीले चुचुरो चुमेको सगरमाथा आधार शिविरस्थित पर्यटन…

सभामुखले आकस्मिक समय नदिएपछि रास्वपाकै सांसदले गरे विरोध

भक्तपुर । सभामुख डीपी अर्यालले आकस्मिक समय नदिएको भन्दै सांसदहरूले विरोध गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयपछि सभामुख शून्य समयतर्फ अघि बढ्दा एमाले सांसद राजेन्द्र राईले समय माग गरेका थिए । जवाफमा सभामुख आर्यालले विषय हेरेर आकस्मिक समय दिइएको बताए । त्यस्तै, समय माग गरेर उभिनेहरूमा रास्वपाकी सांसद इन्दिरा रानामगर, नेकपाकी सांसद बलावती शर्मा…

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।  बुधवारबाट सुरु भएको कोशी प्रदेश सभाको दोस्रो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । यही...