hello

मीनबहादुर गुरूङले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने

May 2026

भक्तपुर । एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  आफ्नो तर्फबाट अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ ।

जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।

गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन । सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ ।

मदन–आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन् । व्यावसायी गुरुङबाट दानमा जग्गा लिएर उनकै सौजन्यमा भवन पनि बनाउने  निर्णयले एमालेमा ठूलो विवाद निम्त्याएको थियो ।

hello