hello

सगरमाथा आरोहणमा नयाँ रेकर्डः एकैदिन २७० आरोही चुचुरोमा

May 2026

भक्तपुर । नेपाली पर्वतीय पर्यटनको इतिहाँसमा पहिलो पटक बुधबार २७० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।

एकैदिन यति धेरै आरोही सगरमाथाको चुचुरोमा पुगेको इतिहाँसकै पहिलो पटक हो । सगरमाथा आरोहणमा यो वर्ष नयाँ रेकर्ड बन्ने भएको छ ।

बैशाख ३० मा आरोहण खुलेको सगरमाथामा हालसम्म ५ सय बढीले चुचुरो चुमेको सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिएका छन् ।

अब १० दिन बाँकी

रेकर्ड नै ब्रेक गर्ने गरी यो पटक सगरमाथामा आरोही पुगेका छन् । समयकै एक्पिडिशन टिमको बाटो बनाएको र मौसमले पनि साथ दिएका कारण यो सफलता मिलेको हो । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न देशका ७ सय जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।

यतिबेला सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ। यो सिजनको सगरमाथा आरोहणको समय अब १० दिन मात्र बाँकी छ । आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने अपेक्षा पर्यटन विभागको छ।

 

hello