नेप्सेका पूर्व सिइओ शंकरमान सिंहको निधन
May 2026
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व सिइओ शंकरमान सिंहको निधन भएको छ । सिंहको आकस्मिक हृदयघातका कारण निधन भएको हो ।
सिंहले वि.सं. २०६४ सालदेखि २०६८ सालसम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हालेका थिए ।
नेप्सेमा सिइओको कार्यकाल सकिएपछि उनी २०७० असारमा विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।