Welcome to The Blog

Updating with time

Get Started

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३ ÷ ८४ को बजेट सङ्घीय संसद्को सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सो अवधिमा सम्पन्न गर्ने बताउनुभएको हो । आधारभूत अस्पताल निर्माणका लागि सरकारले रु पाँच अर्ब ९० करोड विनियोजन गरेको […]

सेयर बजारमा ‘इन्ट्रा-डे’ र ‘सर्टसेल’ कारोबार सुरु हुने

सरकारले सेयर बजारमा ‘इन्ट्रा-डे’ र ‘सर्टसेल’ कारोबार सुरु गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।  उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्दै चरणबद्ध रुपमा ‘इन्ट्रा-डे’ कारोबार सुरु गर्ने बताएका छन् । यसले सेयर लगानीकर्तालाई एकै दिनमा सेयर किनेर सोही

जग्गा रोक्का, फुकुवा र खरिद–बिक्रीको काम स्थानीय तहबाटै हुने

भक्तपुर । सरकारले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको बताए । यो व्यवस्थाका कारण जग्गा रोक्का, फुकुवा, खरिद–बिक्री तथा राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ । योजनाअन्तर्गत ३५ वटा नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा सञ्चालन गरिने भएको छ…

कर्मचारीको तलब बढ्यो

काठमाडौं– सरकारले कर्मचारीको तलब बढाएको छ । बजेट भाषणअनुसार कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ । पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए । सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको […]

बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गरेका हुन् । त्यस्तै, पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि,

स्वास्थ्यमा सरकारको नजरः बीमाका लागि १५ अर्ब, नर्सको भत्ता दोब्बर

भक्तपुर । आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे उक्त घोषाण गरेका हुन् ।आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको थियो । सरकारले नर्सिङ…

अव वृद्धभत्ता लिन्न भन्न पाइने, नलिनेलाई सरकारले सम्मान गर्ने !

सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न आह्वान गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता ‘सक्नेले छोडौँ, नसक्नेले लिउँ’ भन्ने अभियानको घोषणा गरेका हुन् ।  उक्त अभियान अन्तर्गत आर्थिक रुपमा सक्षम नागरिकले स्वेच्छाले सामाजिक सुरक्षा भत्ता त्याग्न पाउने भएका छन् ।  त्यसरी गरिएको सामाजिक सुरक्षा भत्ता त्यागबाट

बजेट प्रस्तुत हुँदाहुँदै बाहिरिए हर्क साम्पाङ

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् । उनले आफ्नो महत्वपूर्ण काम भएको भन्दै बजेटबाट बाहिरिएको बताए । ‘मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ […]

सरकारले आयकर सीमा बढायो, १० लाखसम्म आम्दानीमा न्यून कर

१५ जेठ २०८३ । सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्‍याएको हो । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत...

‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ ।   सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा जितु नेपाल फरक भूमिकामा देखिएका छन् । हास्य कलाकारको रूपमा परिचित उनले यस फिल्ममार्फत भावनात्मक …

कोशी प्रदेशमा निजामती कर्मचारीलाई हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीका लागि नयाँ पोसाक सम्बन्धी व्यवस्था लागू गरेको छ । प्रदेश राजपत्रमा ‘प्रदेश निजामती कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि, २०८३’ प्रकाशित गर्दै सरकारले नयाँ व्यवस्था लागू गरेको हो । सो व्यवस्था अनुसार अब हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य लगाउनुपर्ने भएको छ । कार्यविधिअनुसार सामान्य अवस्थामा...

कृषकको सम्मान र कृषि क्षेत्रको आधुनिकीकरण नै समृद्ध नेपालको आधार हाेः राष्ट्रपति पौडेल

“किसानको मुस्कानमा राष्ट्रको खुशी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो ।

पुराना कर्मचारी बिदा गर्न बालेन सरकारले स्वैच्छिक अवकाश योजना ल्याउने

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भद्दा प्रशासनिक संरचनालाई चुस्त बनाउन र पुराना कर्मचारीहरूलाई ससम्मान बिदाइ गर्न स्वेच्छिक अवकाशको विशेष कार्यक्रम घोषणा गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर्मचारी संयन्त्रलाई रिसाइज गर्ने योजना आउन लागेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्‌मा आगामी आवको बजेट भाषण गर्दैछन् । […]

युवा इन्जिनियरहरूलाई प्रोत्साहन गर्न त्रिवि र एयरबसबीच सहमति

त्रिभुवन विश्वविद्यालय र एयरबसबीच त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अध्ययरत विद्यार्थीहरुलाई इन्टर्नसिप गराउने सहमति भएको छ । शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय अन्तरराष्ट्रीय सेमिनार तथा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्य र एयरवस का अध्यक्ष जुर्गेन वेस्टरमेयरले हस्ताक्षर […]

कोशी अस्पतालमा आफ्नै ब्लड बैंक र चस्मा घर 

विराटनगर । कोशी अस्पतालले आफ्नै ब्लड बैंक र चस्मा पसल सञ्चालनमा ल्याएको छ । ब्लड बैंक स्थापना भएसँगै बिरामी र बिरामीका आफन्तलाई सहज हुने भएको छ । अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो । ब्लड बैंक र चस्मा घरको उद्‌घाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर...

यस्तो थियो २००८ माघ २१ मा आएको नेपालको पहिलो बजेट? (पूर्णपाठसहित)

नेपालमा औपचारिक बजेट प्रणालीको सुरुवात २००८ साल माघ २१ गतेबाट ल्याइएको थियो । राणा शासनको अन्त्यपछि गठन भएको मातृकाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस सरकारका अर्थमन्त्री सुवर्ण शमशेर राणाले देशको पहिलो औपचारिक बजेट संसद्मा प्रस्तुत गरेका थिए । त्यही दिनदेखि नेपालमा वार्षिक बजेट सार्वजनिक गर्ने परम्पराको थालनी भएको हो । नेपालको पहिलो बजेटको आकार...

काठमाडौं–हेटौंडा पोडवे बन्ने, अध्ययन शुरू

काठमाडौं र हेटौंडालाई जोड्ने पोडवे निर्माणको प्रक्रिया अघि बढाइएको छ। लगानी बोर्ड नेपालले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समझदारी सम्झौता (एमओयू) गर्ने प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत काठमाडौं–हेटौंडा पोडवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएको थियो। सोही अनुसार लगानी बोर्डले परियोजनाको प्रारम्भिक काम अघि बढाएको जनाएको छ। यो परियोजना बन्द अवस्थामा रहेको काठमाडौं–हेटौंडा रेलमार्गको विकल्पका रूपमा आधुनिक प्रविधिमा आधारित यातायात प्रणालीका रूपमा अघि सारिएको हो। पोडवे निर्माण भएपछि काठमाडौं र हेटौंडाबीच सामान ढुवानी तथा यात्रु आवतजावत सहज हुने अपेक्षा गरिएको छ। लगानी बोर्डको ६५औं बैठकले पोडवे निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिएको हो। अब डीपीआर तयार भएपछि परियोजनाको लागत, मार्ग, प्रविधि तथा निर्माण मोडालिटीबारे थप स्पष्ट हुने बताइएको छ।

नेयमार घाइते, विश्वकपको पहिलो खेल गुमाउने

काठमाडौं – ब्राजिलियन स्टार नेयमार पुनः घाइते भएका छन् । ब्राजिलियन फुटबल संघका अनुसार ‘काल्फ इन्जुरी’का कारण ३४ वर्षीय नेयमार दुईदेखि तीन साता मैदान बाहिर रहनेछन् । नेयमारले पानामा र इजिप्टसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेयमार फिफा विश्वकप २०२६ को पहिलो खेलमा पनि देखिने छैनन् । पछिल्लो सयम चोटसँग संघर्ष गरिरहेका नेयमारले २०२३ […]

राष्ट्रिय सहकार्यमा जोड, गणतन्त्र रक्षा पहिलो जिम्मेवारी : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका विषयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नु सम्पूर्ण नेपालीको प्रमुख दायित्व भएको बताउनुभएको छ। उहाँले जनआन्दोलन र जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै समृद्ध, न्यायसंगत र आत्मनिर्भर नेपाल निर्माणका […]

शेयर बजारका नियामकहरुमा भद्रगोल, निर्णय गर्ने व्यक्ति नहुँदा महत्वपूर्ण विषयहरु अलपत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार निर्माण भएपछि शेयर बजारले गति लिने आशा लगानीकर्ताको थियो। तर, लगानीकर्ता सोचेजस्तो हुन सकेन। बालेन शाह नेतृत्वको सरकार बनेपछि बजार साइडवेजमा चलिरहेको देखिन्छ। शेयर बजारप्रति सरकारको स्पष्ट धारणा नआउँदा लगानीकर्ता आश्वस्त हुन सकेका छैनन्। सोही कारण ठूला लगानीकर्ता बजार प्रवेश गर्न हिच्किचाइरहेका छन्। अर्कोतर्फ बजार नियामकहरु नेपाल […]

बजेटको इतिहासः विश्व र नेपालको सन्दर्भमा

जेनजी आन्दोलनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले आज आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट ल्याउँदैछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज अपराह्न ४ संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेस्ट प्रस्तुत गर्नेछन्। सरकारले २० खर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउन तयारी गरिरहेको छ। यद्यपि, राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ […]

सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई […]

आज १९ औं गणतन्त्र दिवस, देशभर भव्यताका साथ मनाइँदै

भक्तपुर । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रमसहित भव्यताका साथ मनाइँदैछ। नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागिएको हो । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो…

इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, मोबाइल बैंकिङ एप ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह

राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङसेवा बन्द गर्ने भएको छ। बैंकले ग्राहकलाई सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध सेवा बैंकको मोबाइल बैंकिङ ‘डिजिटल सन्सार’ बाट पनि […]

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान […]