आज १९ औं गणतन्त्र दिवस, देशभर भव्यताका साथ मनाइँदै
May 2026
भक्तपुर । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रमसहित भव्यताका साथ मनाइँदैछ।
नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागिएको हो ।
तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई बिदा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।