सेयर बजारमा ‘इन्ट्रा-डे’ र ‘सर्टसेल’ कारोबार सुरु हुने
May 2026
सरकारले सेयर बजारमा ‘इन्ट्रा-डे’ र ‘सर्टसेल’ कारोबार सुरु गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्दै चरणबद्ध रुपमा ‘इन्ट्रा-डे’ कारोबार सुरु गर्ने बताएका छन् । यसले सेयर लगानीकर्तालाई एकै दिनमा सेयर किनेर सोही दिन बेच्ने गरी नाफा कमाउने वा जोखिम न्यूनिकरण गर्ने अवसर दिने बताएका छन् ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले लगानीकर्ताले लाभ लिन सक्नेगरी सर्ट सेलिङ र जोखिम व्यवस्थापनका लागि डेरिभेटिभ उपकरणहरु समेत भित्राउने घोषणा गरेका छन् ।