Welcome to The Blog

Updating with time

Get Started

टेलि डिजिटलद्वारा नेपालमा ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी कार्यक्रम आयोजना

रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा जेठ ७ गते ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। टेलि डिजिटलले मेटा र गुगलको आधिकारिक साझेदारका रूपमा मेटाको […]

१७ वटा ठाउँमा सवारी चलाउँदा पैसा तिर्नुपर्ने, कार्डबाट पैसा तिर्न मिल्ने व्यवस्था गर्दै सरकार

काठमाडौं। सडक बोर्ड नेपालले नेपालमा टोल शुल्क संकलन डिजिटल तयारी थालेको छ। सडक बोर्डले समयसापेक्ष रुपमा प्रविधिको विकासलाई आत्मसाथ गर्दै सडक पूर्वाधारबाट संकलन गरिने टोल शुल्क डिजिटल रुपमा उठाउने योजना बनाएको हो। यसअघि सरकारले चिट काटेर नगदमा टोल शुल्क संकलन गरिँदै आइरहेको थियो। तर, पुरानो सिस्टमलाई अपग्रेड गर्दै नयाँ डिजिटल माध्यम अपनाउन लागिएको हो।  सडक […]

देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं l सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो। अदालतले गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबाट अघि बढ्ने मुद्दाहरू विशेष अदालतमा दर्ता हुनुपर्ने व्यवस्था रहेको उल्लेख […]

सीजी मोटर्सले थापाथलीमा सञ्चालनमा ल्यायो आयोनको फ्ल्यागसिप शोरूम

सीजी मोटर्सले राजधानीको थापाथलीमा आयोनको फ्ल्यागसिप शोरूम सञ्चालनमा आएको छ। आज आयोजित कार्यक्रममा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी आयोनका प्रतिनिधि रेमन वाङले उद्घाटन गरे । ‘जेनजी आन्दोलनका क्रममा उक्त शोरुममा तोडफोड तथा आगजनी भएको थियो । यो शोरुम जल्दा मेरो मन एकदमै दुखेको थियो। हामीसँग बन्द गर्ने कि अर्को

सेवा निर्यात गर्ने आईटी कम्पनीलाई ५ वर्षसम्म १ प्रतिशतमात्र आयकर लगाउनु उपयुक्त

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधि कम्पनीलाई ५ वर्षसम्म १ प्रतिशतमात्र आयकर लगाउन माग गरेको छ । महासंघले आईटीसँग सम्बन्धित निर्यातमूखी फर्म कम्पनीहरूलाई यस्तो सुविधा दिन माग गरेको हो । महासंघले आगामी आवको बजेटमा सुझाव दिँदै भनेको छ, ‘सूचना प्रविधिसँग सम्बन्धित निर्यातमूखी फर्म कम्पनीहरूलाई ५ वर्षसम्म १ प्रतिशतमात्रै आयकर लाग्ने व्यवस्था गरिनु पर्दछ […]

होल्डिङ सेन्टरका नागरिकलाई पुनःस्थापना गर्न माग

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरुले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनःस्थापना गर्न माग गरेका छन् । समितिको आज सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनःस्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो । होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह […]

पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च

पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन् । हर्मोन विशेषज्ञहरूका अनुसार १५ देखि २० प्रतिशत महिलामा थाइराइडको समस्या देखिन सक्छ, जबकि पुरुषमा यो दर ५ देखि ८ प्रतिशतमात्र छ । […]

इनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ ‘Aurora Ventures’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न […]

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौं- सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्षका लागि मोटो र मध्यम धानको समर्थन मूल्य तय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ […]

पार्टी एकताका लागि शेखर कोइरालाको पाँच प्रस्ताव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले पार्टी एकताका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । उनले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्नुपर्ने धारणा राखेका हुन् । शेखर कोइराला ले १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरेका छन् । साथै, १४औँ महाधिवेशनबाट निर्वाचित […]

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त  गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनु भयो । मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी, आर्थिक वर्ष २०८३÷८४ का लागि …

‘नेपाल पर्यटन बोर्डद्वारा पाँच वर्षे अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिकः संख्याभन्दा गुणस्तरमा जोड’

काठमाडौँ: नेपाल पर्यटन बोर्डले आगामी पाँच वर्षका लागि पर्यटन प्रवद्र्धन कार्ययोजना सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गतको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारिएको ‘अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’ सोमबार सार्वजनिक गरिएको हो । प्रश्तावित रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवा–केन्द्रित विकासमा रूपान्तरण […]

पाँच पाण्डव को छायांकन सकियो, ६६ दिनमा प्याकअप

काठमाडौं – चलचित्र पाँच पाण्डव को छायांकन सम्पन्न भएको छ । चैत २ गतेबाट सुरु गरिएको चलचित्रको छायांकन ६६ दिनमा सकिएको निर्माण टिमले जनाएको छ । छायांकन सकिएको अवसरमा निर्माण टिमले ‘इन्ड क्ल्याप’ लेखिएको केक काट्दै खुसी साटेको थियो । निर्देशक वसन्त निरौला ले चलचित्र निर्माणमा कुनै सम्झौता नगरेको बताउँदै यसको प्रभाव पर्दामा पनि देखिने […]

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार

सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई ‘डिजिटल’ र व्यवस्थित बनाउने प्रयासस्वरूप राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्‍याउने कार्य तीव्र बनाएको जनाएको हो । विभागका महानिर्देशक मनमाया भट्टराई

अन्तरिक्षमा चीनको नयाँ फड्को: शेनझोउ–२३ प्रक्षेपण, एक यात्री स्टेशनमा वर्षदिन बस्ने

बेइजिङ, ११ जेठ । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकाङ्क्षालाई नयाँ उचाइमा पुर्‍याउँदै तीन अन्तरिक्ष यात्रीसहितको ‘शेनझोउ–२३’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तर–पश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आइतबार राति यो यान अन्तरिक्षतर्फ पठाइएको हो। सन् २०३० भित्र चन्द्रमाको सतहमा मानव अवतरण गराउने चीनको बृहत् लक्ष्यका लागि यो प्रक्षेपणलाई निकै महत्त्वपूर्ण मानिएको छ। यस मिसनको सबैभन्दा...

विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेनन् : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताको आधारभूत आवश्यकतामै अझै बहस गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् । नागार्जुन नगरपालिकाले आयोजना गरेको वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख अर्यालले अघिल्ला सरकारहरूले जनअपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे । उनले राजधानी काठमाडौंमै सडक, खानेपानीलगायत आधारभूत सेवाका विषयमा […]

गाडी बीमाः तेस्रो पक्षमात्रै गर्ने कि व्यापक बीमा रोज्ने ? फाइदा र बेफाइदाका हिसाबले बुझौँ

सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ ले मोटर गाडीका लागि तेस्रो पक्ष दायित्व बीमा अनिवार्य गरेको छ। तेस्रो पक्ष बीमाले सवारी दुर्घटनाका कारण तेस्रो पक्षलाई हुन जाने क्षति, चोटपटक वा तेस्रो पक्षको मृत्युका कारण सिर्जना हुने वित्तीय दायित्व वहन गर्ने रक्षावरण प्रदान गर्दछ। तेस्रो पक्ष बीमाले स्वयं सवारीधनी वा बीमा गरिएको सवारीसाधनको क्षतिको […]

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ । भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी […]

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने, राष्ट्रपतिलाई पत्राचार

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् । सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो । प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा…

सभामुख अर्यालद्वारा उपराष्ट्रपतिसँग शिष्टाचार भेट

सभामुख अर्यालद्वारा उपराष्ट्रपतिसँग शिष्टाचार भेट, समसामयिक राजनीतिक विषयमा छलफल काठमाडौं l सभामुख डोल प्रसाद (डीपी) अर्याल ले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर रामसहाय प्रसाद यादव सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाइएको छ। उच्च तहका जिम्मेवार पदाधिकारीबीच […]

एआई नेटवर्किङ प्रविधिको भविष्य विकास गर्न नोकियाले स्थापना गर्यो नयाँ प्रयोगशाला

प्रविधि कम्पनी नोकियाले एआई नेटवर्किङ प्रविधिको भविष्य विकास गर्न नयाँ प्रयोगशाला स्थापना गरेको छ। अप्टिकल नेटवर्किङ कम्पनीको प्रमुख वृद्धि स्रोत बन्दै गएपछि कम्पनीले नयाँ साझेदारहरूसँग मिलेर यो पहल अघि बढाएको […]

गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

  काठमाडौँ, जेठ ११ । ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित बनाएको छ ।...

सिद्धबाबा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालन गरिने

सिद्धार्थनगर – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि […]

इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। इरान र अमेरिकाबिच सम्झौताको सहमति नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ बाहिर आएको […]

एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ। आइतबार बसेको सचिवालय बैठले असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उपमहासचिव भट्टका अनुसार बैठकको मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने छ।