hello

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने, राष्ट्रपतिलाई पत्राचार

May 2026

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् ।

जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् । सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो । प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले यसबारे राष्ट्रपतिसमक्ष पत्रचार भइसकेको पुष्टि गरेकी छिन् ।

यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए । यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

निर्वाचित भएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका छैनन् । प्रमुख प्रतिपक्ष सहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा प्रधानमन्त्री बालेन कतै पनि औपचारिक रूपमा बोलेका छैनन् ।

hello