hello

सुदूरपश्चिम प्रदेशसभा बैठक शुक्रबार बस्दै

May 2026

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि सञ्चालन हुने भएको छ। बजेट अधिवेशनअन्तर्गत पहिलो बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची तय गरिएको छ। उक्त विधेयकलाई प्रदेश सरकारको महत्त्वपूर्ण शैक्षिक एजेन्डाका रूपमा हेरिएको छ।

यसअघि वैशाख १७ गतेबाट प्रदेशसभाको आठौं अधिवेशन सुरु भएको थियो। पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।

त्यसक्रममा विभिन्न दलका नेताहरूलाई समसामयिक विषयमा धारणा राख्न तथा अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्न विशेष समयसमेत उपलब्ध गराइएको थियो।

hello