hello

रास्वपाको बागमती प्रदेश सभापति पदका लागि निर्वाचन सुरु

6 hours ago

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार मतदान केही समय ढिला गरी भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने भनिए पनि समय थप गरिने बताइएको छ । मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र तथा लेभी बुझाएको प्रमाण अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरिएको छ।

यसअघि गत जेठ २६ गते हेटौँडामा सुरु भएको बागमती प्रदेश अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित भएको थियो। अधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रियासम्बन्धी सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ।

आयोगको टोलीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा मतदान प्रणालीको प्राविधिक परीक्षण सम्पन्न गरेको थियो। बागमती प्रदेशमा एक हजारभन्दा बढी मतदाता रहेका छन्।

रास्वपाको राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने कार्यक्रम छ।

 

hello