hello

रास्वपा सिन्धुपाल्चोकको अधिवेशनः विवाद समाधानका लागि बनाईयो निर्वाचन समिति

6 days ago

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको स्थगित भएको अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।

सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्न रास्वपाले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार मधुकुमार चौलागाईंको संयोजकत्वमा विनोद कँडेल र करूणा पाण्डे सदस्य रहेको निर्वाचन समिति गठन भएको छ । सिन्धुपाल्चोकमा शनिबारदेखि सुरू भएको जिल्ला अधिवेशन हाल स्थगित छ ।

रास्वपा सिन्धुपाल्चोकले ‘विविध’ कारणले अधिवेशन स्थगित गर्नुपरेको बताएको छ भने जिल्लाका नेताहरूले भने केही नेताको निहित स्वार्थका कारण अधिवेशन अवरूद्ध हुन पुगेको बताएका छन् । रास्वपा सिन्धुपाल्चोकको सभापतिका लागि पाँच जना आकांक्षी छन् ।

hello