hello

रास्वपा भरतपुर महानगर सभापतिमा सिता ज्ञवाली निर्वाचित

May 2026

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको सभापतिमा सिता ज्ञवाली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ज्ञवालीले ३३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी सुबास गैराले २५६ मत प्राप्त गर्नुभएको थियो।

यस्तै, उपसभापतिमा दिवाकरराज श्रेष्ठ ३६६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी इन्दिरा बराल ले २०९ मत प्राप्त गर्नुभएको थियो। सचिव पदमा सूर्यराज अधिकारी को मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। सहसचिवमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी बोधनाथ सुवेदी ले १३० मत प्राप्त गर्नुभयो। कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत चयन गरिने जनाइएको छ।

अधिवेशनबाट पुरुष १०, महिला ८ र दलित १ सहित २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। थप दुई सदस्य पछि मनोनित गरिने व्यवस्था रहेको छ। रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशनको उद्घाटन पार्टीका भुपदेव शाह ले गर्नुभएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै महानगरस्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

hello