प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको जवाफ
3 days ago
काठमाडौं l परराष्ट्रमन्त्री शिशिर खनाल ले प्रधानमन्त्री बालेन शाह को सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै नेपाल–भारत सीमा समस्या दुई देशबीचको विषय भएको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै खनालले सीमाको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित केही कूटनीतिक दस्तावेजमा बेलायतको नाम जोडिएको प्रसङ्ग प्रधानमन्त्रीले उठाएको भए पनि त्यसलाई वर्तमान सन्दर्भमा तेस्रो पक्षको भूमिका खोजिएको रूपमा बुझ्न नहुने स्पष्ट पारे।
उनले नेपाल र भारतबीचको सीमा विवादको समाधान द्विपक्षीय संवाद र कूटनीतिक संयन्त्रमार्फत नै खोजिने बताउँदै सरकारको आधिकारिक धारणा तेस्रो पक्षको मध्यस्थता नस्वीकार्ने रहेको संकेत गरे।