hello

नेविसंघ नेतृत्वमा करूणा कटुवाल नियुक्त, ११ बुँदे कार्यादेशसहित महाधिवेशनको जिम्मेवारी

Jun 2026

काठमाडाैँ । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा धनकुटाकी करूणा कटुवाललाई अध्यक्षमा नियुक्त गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णयअनुसार सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्ष पदमा कटुवाललाई नियुक्त गरेका हुन्।

पार्टीले तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित उनलाई ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको जनाएको छ।

hello