hello

ममता शर्मा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

May 2026

काठमाडौं । ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टी सभापति गगनकुमार थापाले बाराकी शर्मालाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन्।

“नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका श्री ममता शर्मा (बारा) लाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ।

hello