hello

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्रै सार्वजनिक गर्ने तयारी, छिटो ‘रिजल्ट’ आउने भएसँगै विद्यार्थी उत्साहित

May 2026

कक्षा १२ को नतिजा (रिजल्ट) असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । बैशाख १४ गतेदेखि सुुरु भएको कक्षा १२ को परीक्षाको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको हो ।

असारको दोस्रो साताभित्रै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीले बताएका छन् ।

यसपालीको कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा सार्वजनिक गर्न ढिलाई हुँदा विद्यार्थीको मनोबल खस्किने भन्दै सरकारले छिटो नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार आवश्यक तयारी गरिरहेको बोर्डले जनाएको छ । यसअघि माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि १ महिनामै सार्वजनिक गरिएको थियो ।

hello