जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त मर्ज हुने, तीनवटै कम्पनीको सभा आह्वान
4 days ago
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएका छन्। यसका लागि जीवन र युनिकले विशेष र मानुषीले वार्षिक साधारणसभा आह्वान गरेका छन्।
जीवन विकास लघुवित्तले असार १० गते बिहान साढे १० बजे मोरङको कटहरी–२ स्थित केन्द्रीय कार्यालयमा, युनिक नेपाल लघुवित्तले पनि असार १० गते बिहान साढे १० बजे बाँकेको कोहलपुर–११ स्थित केन्द्रीय कार्यालयमा तथा जूम मार्फत र मानुषी लघुवित्तले असार १३ गते बिहान साढे १० बजे काभ्रेको बनेपा–७ स्थित होटल उग्रचण्डीमा विशेष साधारणसभा बोलाएका छन्।
कम्पनीहरूको सभाले तीनवटै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा सञ्चालक समितिले निर्धारण गरेको शेयर स्वाप रेसियो सहित मर्जर सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछन्।
त्यसैगरी मर्जरको सम्बन्धमा तयार गरिएको अन्तिम सम्झौता पत्र र व्यवसायिक योजना तथा प्रक्षेपण स्वीकृत गर्ने, मर्जरका लागि आवश्यक कार्य गर्न कम्पनीहरूको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र मर्जर लगायत अन्य आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ। सभा प्रयोजनार्थ तीनवटै कम्पनीले असार ३ गते बूक क्लोज गर्ने भएका छन्।