hello

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरीसँग आईएमएस सफ्टवेयरको सम्झौता

May 2026

आईएमएस सफ्टवेयरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरी लिमिटेडसँग वितरण संचालनलाई थप डिजिटल र प्रभावकारी बनाउन सहकार्य गरेको छ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो वितरण व्यवस्थापनलाई अझ व्यवस्थित र आधुनिक बनाउन आईएमएस सफ्टवेयरसँग साझेदारी गरेको हो।

सम्झौतामा हिमालयन डिस्टिलरी लिमिटेडका सीइओ निरज सुवेदी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका फाइनान्स म्यानेजर निमिष शर्मा तथा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन्।

देशभर डिस्ट्रिब्युसन नेटवर्क संचालन गर्ने यी कम्पनीहरूले स्टक व्यवस्थापन, बिलिङ, वितरक समन्वय, गोदाम संचालन तथा फिल्ड सेल्सजस्ता दैनिक कामहरू व्यवस्थापन गर्दै आएका छन्। बढ्दो संचालन सम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै आईएमएस सफ्टवेयरले डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम र सेल्स फोर्स अटोमेसन समाधान कार्यान्वयन गर्ने भएको छ।

उक्त सिस्टमले स्टक ट्र्याकिङ, अटोमेटेड बिलिङ, गोदाम व्यवस्थापन, बिक्री अनुगमन, तथा योजना व्यवस्थापन तथा रिपोर्टिङ जस्ता कार्यहरूलाई अझ सजिलो, छिटो र व्यवस्थित बनाउने कम्पनीले जनाएको छ। यसले सम्पूर्ण डिस्ट्रिब्युसन प्रक्रियामा राम्रो दृश्यता र संचालन दक्षता ल्याउने अपेक्षा कम्पनीको छ।

त्यसैगरी, मोबाइल सक्षम सेल्स फोर्स अटोमेसन प्रणालीले फिल्ड टिमलाई लाइभ अर्डर बुकिङ, रुट प्लानिङ, आउटलेट ट्र्याकिङ, तथा दृश्यता र संचालन दक्षता जस्ता सुविधाहरू प्रदान गर्ने भनिएको छ। यसबाट फिल्डमा आउने जानकारी तुरुन्तै सेन्ट्रल सिस्टममा अपडेट हुने भएकाले निर्णय प्रक्रिया अझ छिटो र प्रभावकारी हुने विश्वास कम्पनीको छ।

यो सहकार्यले नेपालमा डिस्ट्रिब्युसन अपरेसनलाई थप मोडर्न र प्रविधिमा आधारित बनाउने अपेक्षा गरिएको छ।

hello