गुगलको क्रोममा जेमिनी एआई फीचर विभिन्न देशहरुमा विस्तार
12 hours ago
क्रोममा गुगलको जेमिनी अब पहिलेभन्दा धेरै देशहरूमा उपलब्ध हुने भएको छ। एआई च्याटबट अब ल्याटिन अमेरिका, अफ्रिका र मध्य पूर्वका लागि डेस्कटप र आईओएस ब्राउजरमा निर्मित भएको बताइएको छ।
तर ईयूमा भने यो अझै पनि उपलब्ध छैन र सायद पछि कुनै समयमा आउने अपेक्षा गरिएको छ। त्यसैगरी मार्चमा क्यानडा, न्यूजील्याण्ड र भारतमा विस्तार हुनु अघि क्रोममा जेमिनी पहिलो पटक गत वर्ष अमेरिकामा लन्च गरिएको थियो।
नामले संकेत गरे जस्तै, यो क्रोममा निर्मित गुगलको जेमिनी हो। यसको मतलब यसले सजिलैसँग प्रयोगकर्ताको क्रोम ट्याबहरू र विन्डोजहरू ‘हेर्न’ सक्ने र तिनीहरूमा के छ भनेर मद्दत गर्न सक्ने उल्लेख गरिएको छ।
यसले कन्टेन्टलाई समराइज गर्न, धेरै ट्याबहरूमा जानकारी तुलना गर्न, नानो बनाना २ प्रयोग गरेर तस्बिरहरू उत्पन्न गर्न र सम्पादन गर्न सक्नेछ।
यसले गुगल एपहरूसँग गहिरो एकीकरण प्रयोग गरेर क्यालेन्डरमा बैठक तालिका बनाउने, म्याप्समा स्थान विवरणहरू जाँच गर्ने, जीमेलमा इमेलहरू पठाउने र यूट्यूब भिडियोहरूको बारेमा प्रयोगकर्ताको प्रश्नहरूको जवाफ दिने जस्ता कामहरू गर्न सक्छ। साथै यसले यो सबै कार्यहरु साइडबारमा गर्न सक्ने भएकोले आफू रहेको पृष्ठ छोड्नु नपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।