hello

फिलिपिन्समा शक्तिशाली भुकम्प, जापानसहित एसियाली देशमा सुनामीको चेतावनी

5 days ago

फिलिपिन्समा शक्तिशाली भुकम्पपछि एसियाली देशहरुमा सुनामीको चेतावनी दिईएको छ ।

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर आज बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि फिलिपिन्स सहित इन्डोनेसिया र जापानसहितका एसियाली देशहरुमा सुनामीको चेतावनी जारी गरिएको हो ।

उच्च सतर्कता अपनाउन निर्देशन

अमेरिकी भूगर्र्भ सर्वेक्षण यूएसजीएसका अनुसार मिन्डानाओ टापुको तटीय क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पपछि समुद्रमा ठुला छालहरु उठ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बधित देशका अधिकारीहरुले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

१ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी

अमेरिकी सरकारी एजेन्सीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन र समुद्री किनार तथा बन्दरगाहहरुभन्दा टाढा सुरक्षित स्थानमा जान सल्लाह दिएको छ ।

यस्तै, फिलिपिन्सको भूकम्प मापन केन्द्रले समुद्री सतहभन्दा १ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ ।

एजेन्सीको सहयोगमा

hello