hello

एप्पलको डब्ल्यूडब्ल्यूडीसी २०२६ जुन ८ देखि १२ सम्म हुने

May 2026

एप्पलले आफ्नो वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन (वर्ल्ड  वाईड डेभलपर्स कन्फरेन्स) को आयोजना गरिने मितिको घोषणा गर्दै कार्यक्रमको लागि निमन्त्रणा पठाउन सुरु गरेको छ।

कार्यक्रमको मुख्य भाषण (कीनोट) मा सधैं जस्तै कम्पनीको अर्को पुस्ताको सफ्टवेयर अपडेटहरू प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। कम्पनीको अर्को पुस्ताको सफ्टवेयर अपडेटहरूमा आईओएस २७, आईप्याडओएस २७, वाचओएस २७, म्याकओएस २७, टीभीओएस २७, र भिजनओएस २७ समावेश रहेका छन्।

डब्ल्यूडब्ल्यूडीसी २०२६ जुन ८ तारिखमा एप्पलको मुख्य भाषण (कीनोट) को साथ सुरु हुनेछ। यो वर्षको सम्मेलनको ट्यागलाइन “कमिङ ब्राइट अप” रहेको छ। साथै यो प्रस्तुति कम्पनीको सीईओको रूपमा टिम कुकले आयोजना गरेको अन्तिम डब्ल्यूडब्ल्यूडीसी मुख्य भाषण (कीनोट) हरू मध्ये एक हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

कार्यक्रमको मुख्य भाषण (कीनोट) एप्पलको युट्युब च्यानल, एप्पल डट कम र एप्पल टीभी एपमा स्ट्रिम गरिने छ।

एप्पलले एक प्रेस विज्ञप्तिमा पूर्ण तालिका प्रदान गरेको र डब्ल्यूडब्ल्यूडीसी २०२६ जुन ८ देखि १२ सम्म हुनेछ भने हप्ताभरि धेरै विकासकर्ता सत्रहरू आयोजना गरिने उल्लेख गरिएको छ।

पछिल्लो सफ्टवेयर अपडेटहरू घोषणा गर्नु बाहेक एप्पलले नयाँ एआई–संचालित सिरी पनि अनावरण गर्ने अपेक्षा गरिएको छ।

hello