hello

एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मङ्गलवार बस्ने

5 days ago

काठमाडौँ, २५ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक बोलाउनुभएको छ। पार्टीको शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार पार्न गठित कार्यदलको बैठक मङ्गलवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको हो।

एमाले सचिव एवं कार्यदल सदस्य छविलाल विश्वकर्माका अनुसार पहिलो बैठकमा कार्यदलले गर्ने कार्यसम्पादनको ढाँचा र कार्यविधिको विषयमा छलफल केन्द्रित हुनेछ। गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष ‘बादल’ को नेतृत्वमा १५ सदस्यीय पुनर्गठन कार्यदल गठन गरेको थियो।

कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समयसीमा तोकिएको छ। गठन भएको १५ दिनपछि बस्न लागेको यस पहिलो बैठकले आगामी कार्ययोजना तय गर्ने सचिव विश्वकर्माले जानकारी दिनुभयो। यस कार्यदलले मुख्यगरी गत निर्वाचनको समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ।

उपाध्यक्ष थापा संयोजक रहेको कार्यदलमा पार्टीका शीर्ष नेताहरू सदस्य रहेका छन्। जसमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज , सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल हुनुहुन्छ।

hello