hello

चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल

May 2026

स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको लिटिल एन्जल्स स्कूल (एलए) पछिल्लो २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थामध्ये लगातार स्थान सुरक्षित गरिरहेको छ।

ललितपुरको हरियालीयुक्त हात्तीवनमा अवस्थित एलएले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत एलएले आफूलाई वातावरणमैत्री शिक्षण संस्थाको रूपमा स्थापित गरेको छ।

सन् १९८१ मा स्थापना भएको यो प्रतिष्ठित शिक्षालयले समयअनुसार शिक्षण पद्धति र प्रविधिमा नवप्रयोग गर्दै नेपाली शिक्षा प्रणालीमा नयाँ अध्याय थपेको छ।

सन् १९९७ देखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको एलएले हाल स्नातक तहसम्मका कक्षा सञ्चालन गर्दै आएको छ।

स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको एलए पछिल्लो २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थामध्ये लगातार स्थान सुरक्षित गरिरहेको छ।

‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने मूलमन्त्रका साथ एलएले विद्यार्थीलाई संस्कारयुक्त र प्रविधिमैत्री शिक्षा दिने लक्ष्य लिएको छ। पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय सन्दर्भअनुसार अद्यावधिक गर्दै गुणस्तरीय शिक्षालाई सधैं प्राथमिकतामा राखिएको छ।

शान्त र स्वच्छ वातावरण, गुणस्तरीय भौतिक पूर्वाधार, स्मार्ट कक्षा, उत्कृष्ट आवासीय व्यवस्था, फराकिलो खेलमैदान र समग्र विकासमा केन्द्रित शैक्षिक संरचनाले एलएलाई पृथक बनाएको छ।

कक्षा ११ र १२ अन्तर्गत साइन्स, मेनेजमेन्ट तथा ‘ए लेभल’ कार्यक्रम सञ्चालन गर्दै आएको एलएले शैक्षिक उत्कृष्टता र विद्यार्थीको सम्पूर्ण विकासमा विशेष जोड दिएको छ।

शैक्षिक सफलता मात्र होइन, विद्यार्थीको मानसिक, शारीरिक र सामाजिक विकासमा समेत ध्यान दिँदै लिटिल एन्जल्स स्कूल आजको दिनमा हजारौँ विद्यार्थी र अभिभावकका लागि भरपर्दो गन्तव्य बन्न सफल भएको स्कूलले जनाएको छ ।

hello