भानु कलेजमा २२औँ ब्याचका विद्यार्थीलाई अभिमूखीकरण
Jun 2026
विराटनगर / विराटनगर – ९ मा सञ्चालितभानु कलेजले नयाँ शैक्षिक सत्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीकालागि विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिमूखीकरण कार्यक्रम गरेको छ ।
कलेजमा उज्जवल भविष्यको अभिलाशा लिएर कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना भएका २२ औँ ब्याचका ३५० वढी विद्यार्थीहरुलाई भविष्यको प्रष्ट मार्ग चित्रण प्रस्तुत गर्दै अभिप्रेरित गर्नुको साथै शिक्षक÷शिक्षिकाहरुसँगको परिचय, कक्षा ११ मा पढ्नु पर्ने विषयवस्तु तथा कलेजमा पालना गर्नुपर्ने निती नियमहरुको जानकारी गराइएको थियो ।
कार्यक्रमका सभापति कलेजका प्राचार्य वसन्तकुमार बस्नेत ,प्रमुख अतिथि मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. दामोदर थापा क्षेत्री, निर्देशकहरु मोहनकुमार श्रेष्ठ, डा. नरेन्द्रकुमार चौधरी,डा. रामप्रसाद कोइरालातथा देवेश प्रधानलगायतले शुभकामनासहित विद्यार्थीहरुलाई अभिमूखीकरण गरे ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको तर्पmबाट सिजल चौधरी तथा कुशल दाहालले विज्ञान तथा व्यवस्थापन संकायमा भानु कलेजनै रोज्नुको औचित्य प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्य तथा गायनसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा प्राचार्य वस्नेतले विद्यार्थीहरुलाई सफलताको लागि कडा मेहनत निरन्तर प्रयास र इमान्दार अठोटको महत्वमाथि प्रकाश पार्दै अभिप्रेरित गरे । कार्यक्रमा निर्देशक नविन गौतमले सबैलाई स्वागत गरे भने कार्यक्रको संचालन निर्देशक रमेश पाण्डेले गरे ।