‘आर्थिक विधेयक २०८३’ अर्थमन्त्रालयको वेबसाइटबाट गायब
May 2026

आर्थिक विधेयक २०८३ अर्थमन्त्रालयको वेबसाइटबाट गायब भएको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपश्चात आर्थिक विधेयक अर्थमन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको थियो ।
तर शनिबार दिउँसो सो विधेयक गायब बनाइएको छ ।
आर्थिक कानुन मेनुभित्र रहेको ‘आर्थिक ऐन, अध्यादेश र विधेयक’ भित्र पनि आर्थिक विधेयक भेटिँदैन ।

विधेयक शीर्षकभित्र जाँदा पनि त्यहाँ आर्थिक विधेयक २०८३ भेटिँदैन भने विधेयक सिधै खोज्दा (सर्च गर्दा) पनि भेटिँदैन ।

क्लिकमान्डुले विधेयक सार्वजनिक भएलगत्तै ‘ भन्ने शीर्षकमा एक्सक्लुसिभ समाचार लेखेको थियो ।
सो समाचारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय कारको करमा गम्भीर त्रुटि गरेको उल्लेख थियो ।